स्याङ्जामा भेटिएको बम डिस्पोज

स्याङ्जा | माघ १०, २०८१

स्याङ्जामा भेटिएको बम डिस्पोज

स्याङ्जा:    स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ।


पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको हो।


खेतमा जेसिबी लगाउने क्रममा बुधबार सवा १० बजे बम फेला परेको थियो। श्री सिंह सारदुल गुल्मा आँधी खोला ब्यारेकबाट खटिएको सेनाको टोलीले बिहीबार उक्त बम डिस्पोज गरेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।


उक्त बम टुइच मोटरमा लाग्ने एचई बम रहेको प्रहरीले जनाएको छ। फलामको बोतलजस्तो खिने उक्त बम खेतमा कसरी आइपुग्यो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्

पोखरा ।    ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ ...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ ।    प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्र...

थप पढ्नुहोस्